मेलम्चीको पानी कहाँ आइपुग्यो ?



पोहोर साल मेलम्चीको पानीले नुहाएर दशैंको टीका लगाउने भन्ने कुरा पनि राजनीतिकर्मीका नारामै सीमित रहे।

विगतका वर्षमा मेलम्चीको चर्चा धेरै भयो तर पानी आएन। दशैँमा मेलम्चीको पानीले नुहाएर टीका लगाउने भनेका काठमाडौंवासीलाई आयोजनाको कामले जिल्ल पारेको छ। आपूर्तिकर्ताले भुक्तानी नपाएको भन्दै मेलम्ची खानेपानी आयोजनाको काम केही समयपहिले बन्द हुँदा केही ढिलाइ भएको थियो।

नेपालका आयोजनामा सधैँकेही न केही बखेडा निकालेर अल्झाउने तथा काम ढिला गराउने खेल सधैँचल्छ। यसमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनु जरुरी छ।

नेपालमा यस्ता किसिमका विकासका काममा केही न केही तरिकाले काम हुन नदिने तथा ढिला गराएर आर्थिक चलखेल गर्ने प्रवृत्ति हाबी छ। दशैँअगाडि राजधानीमा खस्ने भनिएको मेलम्चीको पानी कहाँआइपुग्यो ? अझै यहाँआइपुग्न कति वर्ष लाग्छ ?

मुलुकको जुनसुकै क्षेत्रमा हेर्ने हो भने आश लाग्दो कहीँपाउन सकिँदैन। लोकतन्त्र आएपछि त केही होला भन्ने आश गरेर बसेको पनि डेढ दशक हुन लाग्यो। अब त आश मरिसक्यो भन्दा पनि हुन्छ। अरू केही नभए पनि हामी काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाएर हाम्रो प्यास शान्त पार। होइन भने अब पानी आउन सक्दैन भन।

– प्रदीप घिमिरे, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्