सेन्ट्ररल कलेजको करिअर फेस्ट सम्पन्न



काठमाडौं, (नेस) ।  सेन्ट्ररल कलेजले हिजो नीबार ‘करिअर फेस्ट २०१९’ सम्पन्न गरेको छ ।  बीबीए आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रमको फाउन्डर गोपालकृष्ण श्रेष्ठले उद्घाटन गर्नुभएको थियोे।

विद्यार्थीलाई भविष्यका लागि उचित योजना बनाउने र प्रयोगात्मक कुराहरु सिकाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक काव्याश्री प्रधानले जानकारी दिनुभयो।

यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास बढाउने, प्रयोगात्मक स्वास्थ्य र रोजगारी, एचआर व्यवस्थापनसम्बन्धी सल्लाह प्रदान गरेको कलेजका प्रबन्ध निर्देशक तथा प्राचार्य पारस श्रेष्ठले बताउनुभयो।

कार्यक्रमले व्यवस्थापन सम्बन्धी सीप र दक्षता अभिवृद्धि गराउनुका साथै विभिन्न उमेर, वर्गका मान्छेलाई एक साथ ल्याउन सहयोग पु¥याएको कलेजका सह–प्राचार्य गणेश बुढाथोकीले बताउनुभयो।

कार्यक्रममा कलाकारको प्रस्तुतिका साथै खेलकुद सञ्चालन गरिएको थियो। परामर्श केन्द्र, ट्राभल एजेन्सीका साथै एचआर कम्पनी र बैंकिङ संस्थाको सहभागिता रहेको थियो।

विभिन्न संघसंस्थाले खाद्य पदार्थ, पेय पदार्थका स्टलहरु राखेका थिए। रक्तकाली एजुकेसन फाउन्डेसनअन्तर्गत सन्चालित सेन्ट्ररल कलेज अफ बिजनेस मेनेजमेन्ट पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त संस्था हो। बीबीए पढाइ हुनुका साथै यस बर्षदेखि बीएचसीएम र बीएचएमका लागि फारम बितरण भरहेको कलेजल े जनाएको छ।

प्रतिक्रिया दिनुहोस्