निर्णय लिनुपर्ने बाध्यता



काठमाडौँ । पार्टी एकीकरणको टुंगो लाग्ने चरणमा पुगेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरूमा निर्णय लिनुपर्ने बाध्यता रहेको बताउनुभएको छ।

उहाँले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको बताउनुभएको हो ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कतिपय निर्णय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको बताउनुभयो।

पार्टीका लागि अवसर र चुनौती दुवै भएको उल्लेख गर्दै यस्तो अवसर सधैं नआउने भएकाले सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

चुनावका बेला गरिएका प्रतिबद्धता र घोषणा तथा सरकारका तर्फबाट गरिएको सुखी नेपाली समृद्ध नेपालको आकांक्षा पूरा गर्ने चुनौती पनि रहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्