आर्सेनलको लगातार दोस्रो जित



लन्डन, एजेन्सी
पिइरे एमेरिक औबामेयांगले विजयी गोल गरेपछि आर्सेनलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा आर्सेनलले बर्नलीलाई २–१ गोलअन्तरले हराएको हो । खेल बराबरीमा चलिरहँदा औबामेयांगले ६४औैं मिनेटमा शसक्त प्रहार गर्दै बर्नलीको जाली चुमाएका थिए । यसपछि कुनै गोल हुन नसक्दा आर्सेनलले अंकतालिकामा २ खेलबाट ६ अंक जोड्न सफल भयो ।

यसअघि फ्रेन्च स्ट्राइकर एलेक्सान्डर लाकाजेटीले १३औं मिनेटमै गोल गरेर गनर्सलाई अग्रता दिलाएका थिए । तर एश्ली बार्नेसले पहिलो हाफ सकिन २ मिनेट बाँकी हुँदा गोल फर्काएर खेल १–१ बराबरीमा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्