एडुरिजको सिजर किकमा बार्सिलोना स्तब्ध



मेड्रिड, एजेन्सी
एरिट्ज एडुरिजले अन्तिममा सिजर किकमा गोल गरेपछि बार्सिलोना ला लिगाको यस सिजनको पहिलो खेलमै स्तब्ध भएको छ ।
शुक्रबार भएको खेलमा ३८ वर्षीय स्ट्राइकरले सनसनी गोल गरेका हुन् । उनको यसै निर्णायक गोलसँगै एथ्लेटिक बिलबाओले ला लिगा विजेता बार्सिलोना १–० ले पराजित भयो । मुख्य खेलाडीविना मैदानमा उत्रेको बार्सिलोनाविरुद्ध एडुरिजले ८९औं मिनेटमा सिजर किकमा गोल गरेका थिए ।

मेसी चोटका कारण नखेल्दा लुइस स्वारेज, फिलिप काउटिन्हो, एन्टोइन ग्रिजम्यानले टोलीलाई हारबाट बचाउन सकेनन् । स्वारेजले पनि चोट बेहोेरेर पहिलो हाफमै मैदान छाडेका थिए । बार्सिलोना सन् २००८ को सिजनपछि पहिलो पटक पहिलो खेलमा हारेको छ । बिल्बाओको भने २०१३ पछि लिगमा बार्सिलोनामाथि पहिलो जित हो ।

एडुरिज ला लिगाको २० वर्षको करियरमा अन्तिम सिजन खेलिरहेका छन् । उनले यसअघि २०१५ मा स्पेनिस सुपरकपमा ह्याट्रिक गर्दा बिल्बाओले बार्सिलोनालाई ४–० ले हराएको थियो । त्यस्तै ला लिगामा लगातार १५ सिजनमा गोल गर्ने मेसीपछिका एक्लो खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्