दाङमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु



दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ४ कारकाँदोका ४५ वर्षीय रमेश बस्नेतको र घोराही उपमहानगरपालिका वडा नम्बार पाँच विनोद बस्नेत रहेका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत दाङको घोराहीबाट नेपालगञ्ज जाँदै गरेको रा ३ प ११३१ नम्बरको मोटरसाइकल लमही नगरपालिका ९ को रिहारमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्