रवि लामिछाने १८ दिन भित्र धरौटीमा रिहा हुने



ज्योतीष अर्जुन क्षेत्रीले रवि लामिछाने र उनका समर्थकलाई नआत्तिन आग्रह गर्दै फेसबुकमा स्टाटस राखेका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा मुछिएका रवि लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले थुनामा राखेपछि क्षेत्रीले फेसबुकमा स्टाटस लेखेका हुन् ।

उक्त स्टाटसमा क्षेत्रीले अबको १० देखि १८ दिन भित्र लामिछाने धरौटीमा रिहा हुने बताएका छन् । केतु र राहु दृस्ठिले गर्दा २-३ महिना सम्म लामिछानेको टेलिभिजन कार्यक्रम बन्द रहने क्षेत्रीले स्टाटसमा उल्लेख गरेको छन् । मंगल निच र चन्द्र प्रबल रहेको बताउदै आन्दोलनका क्रममा २-३ जनाको मुत्यु हुने क्षेत्रीले भवीष्यमानी गरेका छन् ।

उनले लेखेका छन्, आत्तिनु पर्दैन घाइते सङ्ख्या पनि थोरै रहन्छ यो लफडा ७ महिना पछि सकिन्छ । शिरमा रहेको सुर्य र पृतीको कृपाले रविको जित पक्का हुने बताउदै मगल ,शनि र केतुले अझै ३८ दिन मृत्युुतुल्य कष्ट पाँउने र विरोध भत्सर्ना र चर्चा धेरै हुने क्षेत्रीले स्टाटसमा लेखेका छन् ।

यसका साथै चन्द्रमाको दृस्ठि सुर्यको प्रभाबबाट रविले नेपाली र अन्तर्राष्टिय जगतमा चर्चा कमाउने क्षेत्रीले स्टाटसमा लेखेका छन् । रविबाटै नेपालमा एउटा इतिहास रचिने र नेपालि राजनीतिमा पनि ठूलो आमूल परिवर्तन र सकारात्मक झडका लाग्ने क्षेत्रीले दाबी गरेका छन् ।

अर्जुकाे स्टाटस जस्ताकाे तस्तैः

प्रतिक्रिया दिनुहोस्