चितवनमा लामिछानेका समर्थकद्वारा प्रदर्शन, प्रहरी भ्यानमा तोडफोड



काठमाडौं । पत्रकार रवि लामिछानेको रिहाइको माग गर्दै शनिबार प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र चितवन प्रहरीबिच झडप भएको छ। शनिबार बिहानै जिल्ला प्रहरी कार्यालय अगाडि जम्मा भएको भीडले प्रहरी भ्यानको शिसा तोडफोड गरेको छ ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले दुई शेल अश्रु ग्यासका साथसाथै लाठी चार्ज गरेको छ । पत्रकार शालिराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका लामिछाने बिहिबार बेलुका पक्राउ परेका थिए । पत्रकार लामिछानेका साथसाथै युवराज कँडेल र अस्मिता कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत चितवनले पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्ने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्