वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन



न्युज अफ नेपाल, काठमाडौँ । अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ । शनिबार बिहान ८ बजेको समयमा आफ्नै निजी निवासमा उहाँको निधन भएको छोरा सुनिल अधिकारीले न्युज अफ नेपाललाई बताए ।

अधिकारी केही समयदेखि निमोनियाबाट ग्रसित हुनुहुन्थ्यो । उहाँका एक छोरा र एक छोरी रहेको छन् । बाटो मुनिको फूल जस्ता विभिन्न उत्कृष्ट फिल्महरुमा अधिकारीले अभिनय गर्नुभएको छ ।

आजै पशुपति आर्यघाटमा उहाँको अन्तिम संस्कार गरिने छोरा सुनिलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्