गोसाईकुण्ड फर्केका यात्रीहरुलाई दहि वितरण



सरस्वति न्यौपाने,रसुवा । कालिका गाउँपालिकाको कालिकास्थानमा परम्परा अनुसार गोसाईकुण्ड गएर फर्केका यात्रुहरुलाई शुक्रबार दही वितरण गरिएको छ ।

तत्कालिन राजा पृथ्वी नारायण शाह को पाला देखि दहि र घुम वितरण गर्ने प्रचलन अनुरुप वर्षेनी मेलामा आउने गोरखनाथ बाबा लगाएत तीर्थ यात्रुहरुलाई दही र घुम वितरण गर्ने परम्परा बसालेका थिए ।

त्यस परम्परा लाई निरन्रता दिदै परम्पराको जगेर्ना गर्ने उद्देश्यले दही वितरण थालिएको कालिका गा.पा. वडा नं. ५ का विष्णु देवकोटाले बताए ।

गाउँपालिका अध्यक्ष सिता अघि कारी, उपाध्यक्ष भवानी न्यौपाने लगाएतका व्यक्तित्वहरुबाट यात्रुहरुलाई कालिका स्थान स्थित नेपाली सेना कालिजंग गणको चेक पोष्टबाट २ हजार २ सय यात्रीलाई एक—एक कप दहि वितरण गरिएको हो ।

यस वर्षबाट दहि वितरण नियमित गरिने धैबुङ कालिका साना किसान कृषि सहकारीका अध्यक्ष विष्णु पौडेलले बताए । भने दहि र घुमबाट अपभ्रम्स भएर तत्कालिन धैबुङ गाविस नामाकरण भएको भन्ने जन विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्