बृद्व दम्पति हत्या प्रकरणः मसाने कामीद्वारा दाजु भाउजुको हत्या गरेको स्वीकार



सिर्जना पन्त, बागलुङ ।
साउन २५ गते राति बागलुङकोे ढोरपाटन नगरपालिका वडा नम्बर ८ बोबाङमा मृत फेला परेका ६४ बर्षिय भानबहादुर कामी र उहाँका ६० बर्षिया श्रीमती विमा कामीको हत्या भानबहादुरका भाई ६१ वर्षीय मसाने कामीले गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

दाजु भाउजुको हत्या गरेको आशंकामा अनुसन्धानको लागि साउन ३० गते जिल्ला प्रहरी कार्यालय बागलुङले गिरफ्तार गरेका मसानेले घरायासी विवादको क्रममा आवेगमा आएर दाजु भानवहादुरलाई बञ्चरो र भाउजु विमालाई हसिया प्रहार गरि हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिनुभयो ।

छिमेकीले २६ गते विहानै भानबहादुरको शव घर नजिकैको मकै बारीमा र श्रीमति विमाको शव घर भित्रै रगताम्मे अवस्थामा देखे पछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शुक्रबार अभियुक्त मसाने कामीलाई पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्