अर्थ समितिको निर्देशनः बैंकलाई ब्रोकर लाइसेन्स नदेउ



न्युज अफ नेपाल, काठमाडौं ।
प्रतिनिधिसभाको अर्थ समितिले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर दलाल अनुमति पत्र (ब्रोकर लाइसेन्स) नदिन निर्देश गरेको छ ।

समितिले यस विषयमा अध्ययन गर्न नेकपाकी सांसद रामकुमारी झाँक्रीको नेतृत्वमा उपसमिति गठन गरेको थियो । झाँक्री नेतृत्वको उपसमितिले दिएको सुझावका आधारमा समितिले नेपाल स्टक एक्सचेञ्जलाई बैंकलाई ब्रोकर लाइसेन्स नदिन निर्देशन दिएको हो ।

झाँक्री नेतृत्वको समितिमा सांसदहरु प्रमिला राई, हेमकुमार राई, रामबाबु यादव र मेटमणि चौधरी रहेका थिए । यो समितिलाई ब्रोकर लाइसेन्ससँगै मुद्रा तथा पुँजी बजारका विविध विषयमा अध्ययन गर्न समितिले भनेको थियो ।

पुँजी बजारको पहुँच विस्तार हुने भन्दै सेयर लगानीकर्ताहरुले यसको स्वागत गरेका थिए । तर ब्रोकर कम्पनीहरुले आफ्नो व्यवसाय घट्न सक्ने भन्दै यसको विरोध गरेका थिए ।

नेपालमा हाल ५० कम्पनीले मात्रै सेयर किनबेचको काम गरिरहेका छन् । तिनै ब्रोकरहरुको पक्षमा अर्थसमितिले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्