इक्यानका ३ पूर्व अध्यक्षद्वारा राजिनामा



न्युज अफ नेपाल, काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ नेपाल( इक्यान)का पुर्व अध्यक्ष परिषदका अध्यक्ष राजेन्द्र बराल सहित तीन जनाले राजिनामा दिएका छन् । इक्यानका पुर्व अध्यक्ष दीपक गुरुङ र बुद्धीप्रसाद रेग्मीले राजिनामा दिएका हुन । कार्यसमितिका पदाधिकारीले कुनैपनि सल्लाह नगरी नमपरी रुपमा निर्णय गरेको, नेपालमा विदेशी लगानी विषयमा कुनैपनि निर्णय गर्न नसकेको, परिषदको अधिकांस सल्लाहलाई वेवास्ता गरेको, पेशागत हकहितको निम्ती कुनै पहल नगरेको लगायतका आरोप लगाउदै राजिनामा दिएका हुन ।

तीनै जनाले तीनदिन अघि अध्यक्ष विष्णुहरी पाण्डे र कार्यसमितिलाई संबोधन गर्दै राजिनामा दिएका हुन । चार सदस्यीय पुर्व अध्यक्ष परिषद मध्य हाल सल्लाहकार समितिका सभापति रहेको अरुण लामिछानेले राजिनामा दिनुभएको छैन । लामिछाने राष्ट्रिय शैक्षिक परामर्श संघ(नेका)का पुर्व अध्यक्ष हुन । नेका र इक्यानविच एकता भएपछि नेकाका पुर्व अध्यक्ष लामिछानेलाई इक्यानको पुर्व हैसियतकै हैसियत सम्मान दिइएको थियो ।

इक्यान कार्यसमितिले करिब डेढ वर्ष अघि पुर्व अध्यक्ष परिषद गठन गरेको थियो । विशेष गरी विदेशी लगानीमा संचालित एआइबिटीको विषयमा वर्तमान कार्यसमितिले कुनै पहन गरेको विषयलाई आधार मानेर राजिनमा दिएको स्रोतको भनाई छ । तीन पुर्व अध्यक्षले राजिनामा दिएपछि तीनै जनासंग इक्न्यानका पदाधिकारीले राजिनामा फिर्ता लिन दबाब दिइरहेको छन् ।

प्रतिक्रिया दिनुहोस्