रवि लामिछानेसहित ३ जनालाई ५ दिन थुनामा राख्न अदालतको आदेश



चितवन । शुक्रबार दिउँसो जिल्ला अदालतका न्यायाधीश विनोद गौतमको एकल इजलासले पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

उनी सहित पक्राउ परेका युवराज कडेँल र अस्मिता (रुकु) कार्कीलाई पनी पाँच दिन थुनामा राख्ने आदेश अदालतले दिउको छ । बिहिबार पक्राउ परेका तीनै जनालाई राति जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको थियो । उनीहरुलाई आज अदालतमा उपस्थित गराईएको हो ।

मृतक पुडासैनिले आफ्नो मृत्युको कारण पत्रकार रवि लामिछाने, युवराज कडेँल र  अस्मिता (रुकु) कार्की रहेको बताउदै भिडियो रेकर्ड गरेर आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्