तीन महिनादेखि बन्द ‘पेट–स्क्यान’ सुचारु



भगवती तिमल्सिना, काठमाडौं
क्यान्सरका बिरामीले शरीरभित्र यान्त्रिक गोटी पठाई गर्दैआएको ‘पेट स्क्यान’ नामको परीक्षण तीन महिना बन्द भएपछि गएको शनिबारबाट निजी क्षेत्रको कुण्दालिनी डाइग्नोस्टिक सेन्टर, वंशिधर मार्गमा शुरू भएको छ।

नेपालमा निजी क्षेत्रबाट सञ्चालनमा आएको पेट स्क्यान गत वैशाख २२ देखि जेट एयरवेज बन्द भएसँगै रोकिएको थियो। नेपालमा सूर्य डाइग्नोस्टिक सेन्टर लाजिम्पाट, कुण्दालिनी डाइग्नोस्टिक सेन्टर, वंशिधर मार्ग र जीवन्त एड्भान्स, काठमाडौं इम्याजिङ प्रालिले औषधि उत्पादक कम्पनी र जेट एयरवेयजसँग सम्झौता गरी नेपालमै पेट स्क्यान गर्ने व्यवस्था मिलाएका थिए।

पेट स्क्यान परीक्षण क्यान्सरका बिरामीका लागि अनिवार्य हुन्छ। यसले मानव अंगको स्वास्थ्य अवस्था, रक्त प्रवाह, रासायनिक प्रतिक्रिया र कार्यक्षमता पहिचान गर्दछ।

पेट स्क्यान गराउनका लागि सरकारले कुनै पहल नगरेपछि डाइग्नोस्टिक सेन्टरले भारतीय वायुसेवा कम्पनी एयर इन्टिका मार्पत पेट स्क्यानका लागि नभै नहुने साइक्रोटोन गएको शनिबारबाट नेपाल ल्याउने व्यवस्था गरिएको सेन्टरका एक कर्मचारीले आफ्नो नाम गोप्य राख्ने सहमतिमा जानकारी गराएका हुन्।

यो सेवा नपाएर ३ महिनाको अवधिमा थुप्रै बिरामी भारत जानुपर्ने बाध्यता सिर्जना भएको थियो। स्वदेशमै परीक्षण गर्दा बिरामीको खर्च आधाभन्दा बढी बच्छ। भारतमा गएर एक पटक परीक्षण गर्दा एक लाख रुपियाँभन्दा बढी खर्च हुन्छ।

प्रतिक्रिया दिनुहोस्