सीटीईभीटीको लापरबाही,  ३० नर्सिङ विद्यार्थीको भविष्य अन्योलमा 



नेपाल समाचारपत्र, भक्तपुर ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले परीक्षामा सहभागी नगराउँदा मध्यपुर ठिमीमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजमा अध्ययनरत ३० जना नर्सिङका विद्यार्थीको भविश्य अन्यौलमा परेको छ। सो कलेजमा अध्ययन गर्ने ३० जना विद्यार्थीले परीक्षा दिन नपाएको कलेजले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो।

तीन वर्षे प्रमाणपत्र तहको नर्सिङ अध्ययनरत विद्यार्थीलाई सीटीईभीटीले गत २६ गतेदेखि सञ्चालन गरेको प्रथम वर्षको परीक्षामा सहभागी नगराउँदा उनीहरूको भविस्य अन्यौलमा परेको हो। कलेजले आयोजना गरेको पत्रकार सम्मेलनमा कलेज सञ्चालन समितिका अध्यक्ष निलकृष्ण ताम्राकारले उच्च अदालतको आदेशलाई समेत लत्याएर सीटीईभीटीले विद्यार्थीलाई परीक्षामा सहभागी हुन नदिँदा उनीहरूको भविश्य अन्यौलमा परेको बताउनुभयो।

निरन्तर उच्च अदालतले दिएको आदेशलाई समेत लत्याउँदै सिटीईभीटीले विद्यार्थीको भविष्य अन्योलमा पारेको कलेजले जनाएको छ।

कलेजले सय बेड भएको गणेशमान अस्पताल एन्ड रिसर्च सेन्टरसँग सम्झौता गरेर सिटीईभीटीमा पेश गरेको र भक्तपुर अस्पतालसँगको सम्झौता पनि २०८० सालसम्म कायमै रहेको अध्यक्ष ताम्राकारले बताउनुभयो।

सीटीईभीटीले कलेजको सम्बन्धन नै रद्ध गर्ने कोशिस गरेको उहाँको आरोप थियो। आफूहरूसँग कलेज सञ्चालनका लागि सम्पूर्ण प्रमाण रहेको कलेजको भनाइ छ। २०७५ सालको विद्यार्थी भर्नाका लागि कलेजले सीटीईभीटीमा निरन्तर सम्पर्क गरेको तर त्यसबेलादेखि नै बेवास्ता गर्दै आएको कलेजका सञ्चालक समिति अध्यक्ष ताम्राकार बताउनुभयो।

परिषद्ले गत वर्ष लिएको प्रवेश परीक्षामा उतीर्ण भएका विद्यार्थीलाई भर्ना लिई कलेजले पठनपाठन शुरू गरी गत चैत १४ गते सीटीईभीटीलाई आवश्यक शुल्क बुझाए पनि विद्यार्थीको रजिष्टे«सन समेत नगरेको उहाँको भनाइ छ।

सीटीईभीटीले सूचना प्रकाशित गरेपछि संस्था नवीकरणका लागि २०७६ असार १० गते नियमानुसार शुल्क जम्मा गरेको, वार्षिक परीक्षाको मिति सार्वजनिक भइसक्दा पनि विद्यार्थीको रजिस्ट्रेसन नगरेपछि बाध्य भएर कलेज न्यायका लागि उच्च अदालत पाटन गएको ताम्राकारले बताउनुभयो।

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– ‘उच्च अदालत पाटनले २०७६ साउन २ गते विद्यार्थीको रजिस्ट्रेसन गराइ परीक्षामा सहभागी गराउन आदेश दिएपनि सीटीईभीटीले अदालतको आदेशको अवज्ञा गरी कान्ुनको समेत मानमर्दन गरेको छ।’

अदालतले पुन साउन २० गते साउन २ गतेको आदेशलाई तीन दिन भित्र कार्यान्वयन गर्नु भन्ने अर्को आदेश जारी गर्दा पनि सीटीईभीटीले अटेर गरी साउन २६ गतेदेखि शुरू भएको परीक्षामा सहभागी नगराइ विद्यार्थीको भविश्यमाथि खेलवाड गरेको अध्यक्ष ताम्राकारको भनाइ छ।

नर्सिङ परिषद्ले उक्त कलेजको अनुगमन गरी सबै पूर्वाधार ठीक छ भनेर प्रमाणित गर्दा पनि सीटीईभीटीले उक्त कलेज खारेजको निर्णय गरेको तर न्यायका लागि जाँदा उच्च अदालत पाटनले कलेज खारेज नगर्न र विद्यार्थी भर्ना गराउन गतवर्ष आदेश जारी गरेपछि कलेजले कानुन सम्बतरूपमा विद्यार्थी भर्ना गराइ नियमित पठन पाठन गराएको कलेजका प्रबन्ध निर्देशक दिनेशकुमार सिंहले बताउनुभयो।

उहाँले कानुनको सम्मान गर्दै विद्यार्थीलाई परीक्षामा सहभागी गराइ उनीहरूको भविश्य जोगाउन माग गर्नुभएको छ। विद्यार्थी र अभिभावले पनि परीक्षामा सहभागी नगराए सीटीईभीटी विरुद्ध आन्दोलन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराएका छन्।

सीटीईभीटी र चक्रवर्ती विवाद अनि उच्च अदालतको फैसला सीटीईभीटीले नमान्दा ३० विद्यार्थीले परीक्षामा संग्लन हुन नपाएका हुन्।

अदालतको निरन्तरको आदेश समेत लत्याउँदै सीटीईभीटीले बेवास्ता गर्दै आएको र विद्यार्थीको भविष्य अन्योलमा परेको कलेजको दाबी छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट २०५९ सालमा सम्बन्धन प्राप्त उक्त एकेडेमीमा २०६१ सालदेखि नर्सिङमा प्रविणता प्रमाणपत्र तहमा पढाइ हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्