दीक्षितस्तरको साहित्यकार हामीकहाँ अब अर्को छैन



रघुजी पन्त
वरिष्ठ पत्रकार तथा नेकपा स्थायी समिति सदस्य
पूर्वीय र पश्चिमेली दर्शन र सभ्यता बुझेका मदनमणि दीक्षितस्तरको साहित्यकार हामीकहाँ अब अर्को छैन। दीक्षितसँगै बृहत् ज्ञानको भण्डार ढलेको छ।

उहाँका साहित्यिक कृतिहरू नेपाली साहित्यकारका बीच मात्र उत्कृष्ट होइनन् अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट छन्। कुन स्तरको गहिराइमा पुगेर अध्ययन गरेपछि साहित्य सिर्जना गर्नुपर्छ भन्ने पाठ पनि हामी स्वर्गीय दीक्षितबाट सिक्न सक्छौं।

जीवनको अन्तिम समयमा पनि अध्ययन लेखनलाई निरन्तरता दिने, आफ्नो विचार र विश्वासका लागि करोडौंको पैतृक सम्पत्ति त्याग गर्न सक्ने, पत्रकारिताका विविध आयाममा सफलताका साथ कलम चलाउने शिखर व्यक्ति दीक्षितलाई सबैले माया गरेर माड्साब भन्थे। किनभने, कुनै दिन उहाँ वीरगन्जको एक विद्यालयमा पठाउनुहुन्थ्यो– मास्टर भएकाले माड्साब भनिएको हो

श्रद्धेय माड्साबप्रति मेरो भावपूर्ण श्रद्धाञ्जली।

 

प्रतिक्रिया दिनुहोस्