पत्रकार रवि लामिछाने समातिए



न्युज अफ नेपाल, काठमाडौं ।

प्रहरीले न्युज २४ टेलिभिजनका दुई जना पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको कारण रवि लामिछानेको टिम रहेको भन्दै भिडियो सार्वजनि भएपछि उनलाई थप अनुसन्धान गरेको हो ।

यस्तै प्रहरीले आत्महत्या गरेको पुडासैनीकी प्रेमीकालाई पनि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्