प्रदेश २ वन मन्त्रालयले अनाधिकृत टाँचा प्रयोग बारे छानविन गर्दै



बारा । डिभिजन वन कार्यालय अन्र्तगतको आपूर्ती समितिको काठ बिक्री टॉचाको अनाधिकृत प्रयोग भएको विषयमा छानविन गर्न  प्रदेश नम्बर २ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको एक टोली बिहिबार बारा जिल्लामा आएको छ ।

डिभिजन वन कार्यालय अन्र्तगतको आपूर्ती समितिको काठ बिक्री गर्ने क्रममा कार्यालयको टॉचाको अनाधिकृत प्रयोग गरिएको सार्वजनिक भएपछि प्रदेश २ सरकारले डिभिजन वन कार्यालय धनुषाका प्रमुख एंव डिएफओ अशोक झाको अध्यक्षतामा छानविन समिति गठन गरेको थियो । टोलीलाई टा“चा विवादको वास्तविकता बारे छानविन गरि ७ दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको मन्त्रालयका सचिव नवराज काफ्लेले बताउनुभयो  ।

घटनाको वास्तविकता अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएर जिल्लामा पठाइएको उहाले बताउनुभयो । टोलीले शुक्रवारबाट छानविन कार्य शुरु गर्ने बताइएको छ। टोलीले रतनपुरी सव डिभिजन वन कार्यालयको घाटगद्दीस्थलमा  जिल्ला आपूर्ती समितिका कागजातहरु र काठ लिन आएका कलैया उपमहा नगरपालिका १ की रितादेवी पाण्डे र सोही वडाका चान्सी प्रसाद सोनारको निर्माणाधिन भनिएको घरमा समेत पुगेर अध्ययन गर्ने स्रोतले जनाएको छ ।

घटनाको बारेमा छानविन गर्न प्रदेश सरकारले गठन गरेको छानविन समिति जिल्ला आइपुगेको डिभिजन वन कार्यालय सिरमराका डि एफ ओ मन्जुर अहमदले बताउनुभयो  ।

रतनपुरी सव डिभिजन वन कार्यालयको घाटगद्दी स्थानमा आपूर्ती समितिले  विक्री गरेको भनिएको गोलाईमा टा“चा लगाउने क्रममा वन कार्यालयका भान्से रमेश सिटौलाले गत साउन २२ गते अनाधिकत रुपमा टा“चा प्रयोग गरेको पाइएपछि छानविन शुरु भएको हो  । यसअघि डिभिजन वन कार्यालय सिमरा बाराले पदीय दायित्व पुरा नगरेको भन्दै कार्यालयका रेन्जर कपिलदेव यादवसंग स्प्रष्टिकरण मागेको थियो ।

सोही विषयमा छानविन गर्न डिभिजन वन कार्यालय बाराले सहायक  वन अधिकृत सुशील यादवको नेतृत्वमा ३ सदस्यीय छानविन समिति समेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्