विद्रोहीको सशक्त आक्रमण, १४ को मृत्यु



Members of Afghan security forces cross a road as smoke billows from the site of an attack near the Afghan parliament in Kabul, Afghanistan June 22, 2015. REUTERS/Ahmad Masood

म्यानमार । म्यानमारका सुरक्षाकर्मीहरु रहेको ठाउँमा विद्रोही समूहले गरेको सशक्त आक्रमणमा परी १४ जनाको मृत्यु भएको छ ।

विद्रोहीले आक्रमण गरेपछि बिहीबार सैनिकहरुले पनि प्रतिवाद गर्दा दोहोरो भिडन्त भएको म्यानमारको प्रहरीले जानकारी दिएको छ । सैनिक प्रतिष्ठानमा रहेका सुरक्षाकर्मीहरुलाई विद्रोहीहरुले लगातार आक्रमण गरेका बताइएको छ । म्यानमारमा आदिवासी जनजातीहरूको विद्रोही समूहले एक दशकदेखि सरकारी सुरक्षाकर्मीविरुद्ध समयसमयमा आक्रमण गर्दै आइरहेको छ ।

बिहीबारको आक्रमण पर्यटकीय क्षेत्रको रुपमा चिनिने मण्डलेय नजिकैको ठाँउमा भएको अधिकारीहरुले जनाएका छन् । आक्रमण भएको सैनिक प्रतिष्ठानको छेउमा रहेको प्रहरी कार्यालयमा पुगेका एएफपीका एक जना समाचारदाताले सात जना सैनिक र चार जना प्रहरीको शव देखेको बताएका थिए ।

सैन्य प्रवक्ता जाव मिन तुनले भने तीन जनाको मृत्यु भएकोमा दुई जना सैनिक र एक जना सर्वसाधारणको मृत्यु भएको बताउनुभएको छ । उहाँले बिहीबार दिउसो समाचार तयार गर्दासम्म भिडन्त जारी रहेको जानकारी दिनुभयो । अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या कम्तीमा १४ पुगेको समाचारमा जनाइएको छ । एएफपी

प्रतिक्रिया दिनुहोस्