आफ्नै विद्यार्थी बलात्कार गर्ने शिक्षक पक्राउ



किरन धामी, दार्चुला । दार्चुलामा आफ्नै विद्यार्थी पटक‐पटक बलात्कार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ५ श्रीबगर स्थित समौजी आधारभुत विद्यालयमा निजिस्रोतमा भर्ना गरिएका शिक्षक २९ वर्षिय दान सिंह धामीलाई नाबालीका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी प्रेम खड्काले जानकारी दिनुभयो । पिडितकी आमाले नौगाड प्रहरीचौकीमा दिएको निवेदनका आधारमा दोषी शिक्षकलाई पक्राउ गरिएको उहाले बताउनु भयो ।

शिक्षक धामीले ति छात्रालाई ललाई फकाई एक वर्ष देखी पटक‐पटक बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ । शिक्षक धामीले घरमा श्रीमतीलाई समेत हिंसा गर्ने गरेको खुल्न आएको छ । मेरो अरु केटी संग लभ छ भन्दै श्रीमतीलाई कुटपिट गर्ने, विभिन्न खालका हिंसा गर्ने गरेको खुल्न आएको हो ।

आफ्नै विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको तथा कारबाहीको पक्रिया अगाडी बढाइएको सुचना अधिकारी खड्काले जानकारी दिनुभयो । बालिका बलात्कारको आरोपमा पक्राउ परेका शिक्षक धामीलाई ८ देखी १२ वर्ष सम्म जेल सजाय हुने उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्