वरिष्ठ पत्रकार तथा साहित्यकार दीक्षितको निधनप्रति दु :ख व्यक्त गर्दै पत्रकार महासंघ



काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार मदनमणि दीक्षितको निधनप्रति दु :ख व्यक्त गर्दै नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गरेको छ । नेपाली पत्रकारिता र साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुु भएका दीक्षितको निधनले नेपाली संचार क्षेत्रले एक अनुभवी र अग्रज पत्रकार गुमाएको विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न पत्रपत्रिकामा स्तम्भ लेखनमा समेत सक्रिय दीक्षितका ४६ वटा पुस्तक प्रकाशित भएका छन् । उहाँले मदन पुरस्कार, साझा पुरस्कार लगायत दर्जनौ पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार दीक्षितको योगदानप्रति उच्च कदर र सम्मान प्रकट गर्दै दीक्षितका निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै संघले शोक सन्तप्त परिवारजन र शुभेच्छुकहरुमा समवेदना व्यक्त गरेको छ ।

विज्ञप्ति:

 

 

प्रतिक्रिया दिनुहोस्