हतियार सहित दुई विप्लव कार्यकर्ता समातिए



अमृत अर्याल, स्याङ्जा ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हतियार र प्रतिवन्धित सामाग्री सहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले भीरकोट नगरपालिका ९ का शिव दर्लामी र मोहन सिंजालीलाई पक्राउ गरेको हो ।

उनीहरुबाट एक थान एयरगन, बम जस्तो देखिने आईडि ५ थान, चन्दा उठाउने रसिद प्याड र विप्लव समुहको विभिन्न दस्तावेजहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

गल्याङ नगरपालिकामा शंकास्पद गतिविधि गरेको आशंकामा प्रहरीले खानतलासी गर्दा प्रतिवन्धित विप्लव समुहको नेपाल कम्युनिष्ट पाटीको दस्तावेज फेला परेपछि उनीहरुलाई अनुसन्धान गरिएको थियो ।

अनुसन्धानमा दर्लामीको दुईतले घरको गोठमा लुकाई राखेको हतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालले बताउनुभयो । उनीहरुबाट विभिन्न व्याक्तिलाई धम्काएर ५० लाख चन्दा मागेको १८ थान लेटर प्याड समेत फेला परेको प्रहरी प्रमुख लम्सालले बताउनुभयो ।

विप्लव समुहका दस्तावेज फेला परेकाले विप्लव समुहकै कार्यकर्ता भएको प्रहरीले अनुमान गरेको छ । उनीहरुको थप अनुसन्धान भइरहेको पं्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्