पत्रकार पुडासैनीकी प्रेमीका प्रहरी नियन्त्रणमा



काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा आरोपीत युवती अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई कार्कीले आत्महत्या गर्न बाध्य पारेको बताउँदै पुडासैनीले मृत्यु अगाडि भिडियो रेकर्ड गरेका थिए ।

काठमाडौँको एक अस्पतालमा नर्सीङ पेशामा लागेकी कार्कीलाई चितवन प्रहरीले पक्राउ गरेको छ । उक्त भिडियोमा आफु र कार्कीको प्रेम सम्बन्ध रहेको पुडासैनीले खुलाएका छन् । कार्कीका साथसाथै रवि लामिछाने र युवराज कँडेलले आफूलाई मर्न बाध्य पारेको पुडासैनीले भिडियो मार्फत जनाएका छन् ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्