मोटरसाईकले ठक्कर दिँदा ६ वर्षीय बालक गम्भीर घाईते



राजेन्द्र गजुरेल, नुवाकोट । नुवाकोटको विदु्र नगरपालिका वडा नं चार बट्टार संगम चोकमा मोटरसाईकलको ठक्करले ६ वर्षिय बालक गम्भिर घाईते भएको छ ।

बिहिबार दिउसो १ बनेको समयमा सोहि मार्ग हुदै विदुर तर्फ जादैँ गरेको बा ८७ प ७१० नम्बरको मोटरसाईकलले स्थानिय अफताब आलमका छोरा सोनुबाबु आलमलाई ठक्कर दिदाँ ठाउको र खुट्टामा चोट लागि गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते बालकलाई स्थानिय नयाँ संजिवनि अस्पतालमा उपचार पश्चात थप उपचारको लागि एम्बुलेन्स मार्फत काठमाण्डौ स्थीत ट्रमा सेन्टरमा पठाईएको प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अभिनारायण काफ्लेले बताउनुभयो । मोटरसाईकल र मोटरसाईकल चालक मकवानपुरको चुरियामाईका २७ वर्षिय अशोक आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्