मदनमणि दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने



काठमाडौं । सरकारले वरिष्ठ साहित्यकार स्वर्गीय मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सम्मानका साथ स्वर्गीय दीक्षितको अन्त्येष्टि गरिने जानकारी दिएका हुन् ।

‘नेपालको इतिहासका जीवन्त साक्षी मदनमणि दीक्षितको निधनमा दुःख व्यक्त गर्दै नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’ जारी विज्ञप्तिमा भनिएको छ, ‘आजै राष्ट्रिय सम्मानका साथ उहाँको अन्त्येष्टि गरिने कुरा सबैमा जानकारी गराउँदछु।’

वरिष्ठ पत्रकार तथा साहित्यकार दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । लामो समय पत्रकारिता र राजनीतिमा सक्रिय दिक्षित विगतको चर्चित समीक्षा साप्ताहिकका सम्पादक थिए ।

प्रतिक्रिया दिनुहोस्