अध्यागमन स्मार्ट बनाउँछौँ: मन्त्री भट्टराई



नेपाल समाचारपत्र, काठमाडौं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थल सुधार पहिलेभन्दा निकै अघि बढिसकेको बताउनुभएको छ। नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा गरेको ‘नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका सम्भावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका’’ नामक कार्यक्रममा उहँँले अन्तर्रािष्ट्रय विमानस्थलको सुधार निरन्तर गर्दै लगिने बताउनुभयो।

मन्त्री भट्टराईले अन्य अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा भएका सरह सबै सुविधा हुने दाबी गर्नुभयो। उहाँले यही वर्षको डिसेम्बरसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउँदै समयमै विमानस्थल निर्माण सम्पन्न गर्न सरकारको तर्फबाट कुनै पनि कमी हुन नदिएको बताउनुभयो। पर्यटन वर्ष २०२० लाई सफल पार्न नेपालका निजी विमान कम्पनीलाई अन्तर्राष्ट्रियस्थलमा उडानका लागि अनुमति दिने क्रम जारी रहेको बताउनुभयो।

उहाँले विमानस्थलमा खटिएका कर्मचारीलाई सकारात्मक सोचको तालिमको समेत व्यवस्था गरिएको बताउँदै आन्तरिक उडानमा देखिएका समस्यासमेत समाधान गर्ने बताउनुभयो। पोखरा, बारा र रुपन्देहीलगायतका स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तीव्रताका साथ अघि बढिरहेको जानकारी दिनुभयो। चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भारत र चीन लगायतका मुलुकको जनसंख््याको करिब शून्य दशमलव१ प्रतिशत पर्यटकलाई नेपाल ल्याउनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्