किंङस् कलेजसँगको साझेदारीमा युरोपेली डेमोला ग्लोबल नेपालमा प्रवेश



नेपाल समाचारपत्र, काठमाडौं
निजी कम्पनी एवं सरकारी, अर्ध–सरकारी तथा गैरसरकारी संस्थाका लागि समस्याको पहिचानका साथसाथै नवप्रवर्तनमा आधारित समाधानको खोजी गर्नका लागि विश्वस्तरमा प्रख्यात डेमोला ग्लोबल किंङस् कलेजसँगको साझेदारीमा नेपालमा प्रवेश गरेको छ।
हालसम्म विश्वको १६ वटा राष्ट्रमा सञ्जाल निर्माण गरिसकेको डेमोलाले विभिन्न निजी कम्पनी एवं सरकारी, अर्ध–सरकारी तथा गैरसरकारी संस्थाहरूले भोगिरहेको वा भविष्यमा भोग्न सक्ने समस्याहरूको पहिचान तथा उपायको खोजी गर्दछ।

डेमोला ग्लोबलका अनुसार निजी कम्पनी एवं सरकारी, अर्धसरकारी तथा गैरसरकारी संस्थाहरूको समस्यामा उक्त संस्थाको कर्मचारी तथा विद्यार्थीहरू मिलेर आठ हप्तासम्म काम गर्दछन् जसको पहिलो चरणमा कम्पनी वा संस्थाहरूको समस्याहरूको पहिचान हुन्छ भने दोस्रो चरणमा सो समस्याको सम्भाब्य नवीन र सिर्जनात्मक समाधानका विकल्पको खोजी हुन्छ।

किंङस् कलेजले दिएको जानकारीअनुसार कार्यसञ्चालन शुरुवात घोषणाकै दिन डेमोला नेपाल र पाँचवटा नेपाली संस्थाहरूबीच सहकार्य सहमतिमा हस्ताक्षर भएको छ। यसरी सम्झौता गर्ने संस्थाहरू अन्नपूर्ण मिडिया नेटवर्क, यङ इनोभेसन, काठमाडांै महानगरपालीकाको शहरी योजना आयोग, कथा नेपाल र नेक्स्ट भेन्चर्स कर्प हुन्। ‘यस प्रयासले हाल विद्यमान नेपाली शैक्षिक संस्था तथा समाज एवं सरोकारवाला संस्थाबीचको दूरी कम गर्न मद्दत गर्ने विश्वास लिएका छांै,’ कलेजका प्राचार्य नरोत्तम अर्यालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्