कोड ब्रेकर ट्युरिंगको तस्वीर ५० पाउन्डको नोटमा आउने



बेलायत (एजेन्सी)
बेलायतका महान गणितज्ञ, क्र्याक कोड–ब्रेकर एलन ट्युरिङको तस्वीर ५० पाउन्डको नयाँ नोटमा देखिने भएको छ। उनको तस्वीरसहितको उक्त नोट सार्वजनिक गरिसकेको छ ।

बैंक अफ इंग्ल्यान्डका गभर्नर मार्क कोर्नेले सोमबार यसको घोषणा गरेका हुन्। ट्युरिंग कम्प्युटर साइन्स र आर्टिफिसियल इन्टेलिजेन्सका जनक हुनुसँगै युद्ध नायक पनि थिए। वास्तवमा दास्रो विश्व युद्धकोक्रममा उनले जर्मनीका नाजीद्वारा पठाउने गरेको इनिग्मा कोड तोड्नमा उनले सफलता हासिल गरेका थिए। यसका लागि ट्युरिनले विशेष मेसिन नै बनाएका थिए, जसलाई युद्धमा प्रयोग हुने कोड ल्यांग्वेज बुझ्न प्रयोग गरिएको थियो।

पर्सनल कम्प्युटरको आविस्कारका लागि कुनै एकको नाम लिन सकिँदैन तर उनीहरूमा ट्युरिंगको नाम प्रमुखताका साथ लिने गरिएको ट्युरिंगको जीवनी लेख्ने एन्ड्यु्र हग्सले उल्लेख गरेका छन् ।

उनले जर्मनीको इनिग्मा कोडलाई अथ्र्याएर बेलायतमा लाखौंको जीवन बचाउन मद्दत गरेका थिए। जर्मन सेना युद्धकाक्रममा ती कोडको प्रयोग गोप्य सन्देशको कोडिंगका लागि गर्थे ।

सन् १९३० को सुरूवाटमा ट्युरिंगले युनिभर्सल मेसिनको अवधारणा तयार गरेका थिए । यसले कुनै पनि गणितीय तथा तार्किक समस्याको हल निकाल्न सकिन्थ्यो। उनले दौडिन अन्यन्त मनलाथ्यो। पहिलो विश्व युद्धकाक्रममा उनले कयौं पटक बैठकमा सहभागी हुन वेब्लेशलेदेखि लन्डनसम्मको ६४ किलोमिटर दौडेर भ्याउने गर्थै ।

उनको जीवनीको अर्को पाटो पनि थियो, जुन कुरा धेरैले मन पराएको थिएन। ट्युरिन समलिंगी थिए । त्यतिबेल समलिंगी हुनु गैरकानुनी थियो। उनलाई भिक्टोरियन कानुन अन्तर्गत दोषी ठह¥याइएको थियो । सजायँमा ट्युरिनले काराबासको विकल्पमा नपुंशक बन्न स्वीकार गरका थिए । उनको जीवनीमा आधारित दुई फिल्म, ब्रेकिंग द कोड र द इमिटेसन गेम निर्माण भएका छन्।

सन् १९५४ मा उनको मृत्यु विषका कारण भएको थियो । केहीले यसलाई आत्महत्या भनेको थिए भने केहीले उनको मृत्यु अदालतको मुद्दाका कारण भएको बताएका छन् । संकटका बेला कोडलाई अथ्र्याएर लाखौंको ज्यान बचाउने टु्युरिंगको मृत्युको रहस्य ६५ वर्षसम्म पनि खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्