विस्फोट क्षेत्रमा रेडियोधर्मी विकिरण बढ्यो



मस्को,(एजेन्सी)
रसियाको मौसम सेवाले बुधबार एउटा रकेट खतरनाक ढंगले विस्फोट भएको रसियाको सुदूरउत्तरी भागमा रेडियोधर्र्मी विकिरण स्तर १६ गुणा वृद्धि भएको पाइउको जनाएको ।

रोस्गिद«ोमेतले विस्फोटपछि बन्दरगाह शहर सेभेरोद्भिन्स्कमा विकिरण स्तरको मापन गरेको हो । गत बिहीवार समुद्री तटमा अवस्थित व्हाइट सिमा रहेको एउटा सैनिक परिसरमा सो विस्फोटन भएको थियो। रसियाको सरकारी आणविक निकाय रोसातामले आणविक शक्तिमा चल्ने इन्जिन परिक्षण गरिएको बताएको थियो। यस निकायले न्योनोस्का गाउँ नजिक भएके यस दुर्घटनामा आफ्ना पाँचजना वैज्ञानिक मारिएको तथा अन्य तीनजना घाइते भएको जनाएको थियो ।

रोस्गिद«ोमेतले जनाएको छ , करिब १ लाख ८० हजार आवादी भएको सेभेरोद्भिन्स्क शहरका ६ वटा रकेट परीक्षण केन्द्रमा गरिएको गामा रेडियोधर्मी परीक्षणमा सामानयरूपमा प्रति घन्टा शुन्य दशमलव एघार माइक्रोसिभर्टस हुनुपर्नेमा त्यसको परिमाण ४ देखि १६ गुणा बढेको पाइएको छ ।

तर यो परिमाण त्यति हानिकारक भने मानिँदैन । रकेट विस्फोट हुनासाथ विकिरणको असर घटाउन प्रयोग गरिने औषधी आयोडिन किन्न मानिसहरुको औषधी पसलमा घुँइचो लागेको थियो। अर्खान्जेल्स्क र सेभेरोद्भिन्स्क शहरका पसलहरुमा त्यस औषधीको स्टकनै रित्तिएको बताइएको छ ।

मंगलबार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले उक्त परिक्षणबारे विस्तृत विवरण दिन अस्विकार गरेका थिए । उनले केवल दुर्भाग्यवश दुर्घटना हुनपुगेको पत्रकारहरूलाई बताएका थिए । बुधबार विकिरण प्रभावित क्षेत्रका बासिन्दाहरुले सरकारले आफूहरूलाई सुरक्षित स्थानमा जान सूचना दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्