सन्तोष लिने ठाउँ नै छैन



सरकारको कार्यशैलीले जनता आजित भइसके । सरकारलाई जनचाहनाको त कुनै वास्तै छैन, वास्ता भए पनि त्यो घोषणापत्र, कुरा, भाषण र नीतिमा मात्र सीमित भएको छ। जनहितका लागि ल्याइएका व्यवस्थाहरूले फेल खाएका छन्। सिन्डिकेट प्रणाली पोहोरै थच्चियो। यसपटक भारत र तेस्रो मुलुकबाट आएका तरकारी र फलफूलको विषादी परीक्षण गर्न थालिएकोमा त्यही पनि रोकियो। पछिल्लोपटक ल्याइएको स्वरोजगार कार्यक्रम आलोचित र हतोत्साहित भइरहेको बेलामा, वैदेशिक रोजगारका गतिविधिहरू भने पहिलेदेखि नै अति नै प्रशंसित र प्रोत्साहित भइरहेका छन्। अनेक काण्ड र त्यसका नाइकेहरूलाई कार्यवाही गर्नेतर्फ उदासीनता
देखाइएको छ।
व्यापार घाटा र प्रतिव्यक्ति ऋणको अंक बर्सेनि बढ्दो छ। लोकतन्त्रका पाँच स्तम्भ मानिएका सरकार, प्रतिपक्ष, अदालत, प्रेस र नागरिक समाज कसैले पनि आफ्नो कर्तव्य र जिम्मेवारी सही ढङ्गले पूरा गर्न सकेको देखिँदैन। यसो हेर्दा यहाँ तनाव नै तनावमा बाँच्नुपर्ने भएको छ। अब फेरि आउने चुनावका लागि भए पनि केही त सोचियोस्।
–प्रयुक्त बानियाँ, काठमाडौं।

 

प्रतिक्रिया दिनुहोस्