हामी आफैं गल्ती गर्दै छौं



आफ्नो जमिन बाँझो राखेर विदेशबाट झिकाइएका, मिति नाघेका र विषादीयुक्त खाद्यान्न, फलफूल एवं तरकारीहरू खाने गर्दछौं। अझ प्रस्ट भन्दा महँगोमा रोग खरिद गरिरहेका छौं। जलवायु र पर्यावरणलाई नकारात्मक असर नपार्ने गरी आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने नीति राज्यले लिएको तथा अन्तर्राष्ट्रिय सन्धि–महासन्धिहरूमा प्रतिबद्धता जनाएको छ तर हामी हावापानी दूषित पार्ने रासायनिक पदार्थहरू जथाभावी प्रयोग गरिरहेका छौं, अनि त्यही प्रदूषण नियन्त्रण गर्न सकेन भनेर आरोप लगाउँदै सरकारलाई नै गाली गर्दछौं।
स्थानीय, प्रदेश र संघीय तहमा रहेर वा नजिक भएर वा पहँुचलाई प्रयोग गरेर आपूmलाई कसरी फाइदा हुन्छ भन्ने ध्येयमा लागेका छौं। नियममा भौगोलिक तथा वातावरणीय अध्ययन गरेपछि मात्र निर्माण कार्य गर्नुपर्नेमा जथाभावीरूपमा सडक खन्दै, जतापायो उतै डोजर कुदाउँदै सुन्दर गाउँबस्तीहरूलाई कुरूप बनाउने काम गर्दै छौं। हामी आफैं गल्ती गरिरहेका छौं। त्यसैले हामीले सच्चिनु जरुरी छ।
– अनुपम तामाङ, नुवाकोट,
हाल ः काठमाडौं।

प्रतिक्रिया दिनुहोस्