यूरोपमा प्रेस युनियन खुल्यो, पोर्चुगल अध्यक्षमा बाशु सत्याल



दीपेन्द्र गजुरेल, स्पेन ।
नेपाल प्रेस युनियन संग आवद्ध रहि युरोपेली मुलुक पोर्चुगलमा क्रियाशील लोकतन्त्रवादी पत्रकारहरुको प्रथम भेलाबाट पोर्चुगल अध्यक्षमा बासु सत्याल चयन भएका छन् । बासु सत्यालको अध्यक्षतामा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा प्रबक्ता बिश्व प्रकाश शर्माको प्रमुख आतिथ्यतामा पोर्चुगलको राजधानी लिस्बनमा मंगलबार भेला सम्पन्न भएको हो ।

भेलाले बासु सत्यालको अध्यक्षयतामा सात सदस्यीय नेपाल प्रेस युनियन पोर्चुगल शाखाको तर्दथ समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा प्रबल भट्टराई, यादव देवकोटा, पुनम गौतम, श्याम सुवेदी, अनिल पाण्डे र सुरेश जोशी रहनुभएको छ ।

समितिको सल्लाहकारमा नेपाली जनसम्पर्क समिति पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण बहादुर हमाल, पूर्व अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, गैर आवासीय नेपाली संघ पोर्चुगलका पूर्व अध्यक्ष रमेश गुरुङ , नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे , गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुबेर कार्की, महासमिति सदस्य चिज कुमार तामाङ, महाधिबेशन प्रतिनिधी सुरेन्द्र अमगाई लगायत रहनुभएको छ ।

कार्यक्रममा नेपाल प्रेस युनियन काठमाण्डौंका पूर्व अध्यक्ष तथा सक्रिय वरिष्ठ पत्रकार नारायण अर्यालले शाखा गठनको आवश्यकता र औचित्य माथी प्रकाश पार्दै तदर्थ समितिको घोषणा गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रवक्ता विश्व प्रकाश शर्माले गोकर्ण खकुरेल (जेके शर्मा) लाई पार्टी प्रवेश गराएका थिए । खकुरेल २०५५ साल देखि २०६९ सम्म नेकपा माओवादीको संस्कृति विभागमा रहेर काम गर्दै आएको बताइएको छ, भने २०७० सालमा नेकपा एमालेको प्रवासी संगठनमा सक्रिय रूपमा सहयोग गर्दै आएका थिए । खकुरेलले तिन वटा नेपाली फिल्ममा अभिनय गरेका छन् ।

त्यस्तै दुई वटा नेपाली फिल्म समेत निमार्ण गरेको कार्यक्रममा बताईएको थियो भने हाल कला परिषद पोर्चुगलको अध्यक्ष समेत रहेका प्रभावशाली ब्यक्तिलाई पार्टी प्रवेश गराउन सफल भएको बासु सत्यालले बताए । यादव देवकोटाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरेले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्