१३ वर्षीया बालिकामाथि बलात्कारको प्रयास, बालिकाद्वारा खुकुरी प्रहार



भद्रपुर ।
बलात्कार गर्न खोज्ने युवकलाई बालिकाले खुकुरी प्रहार गरी आफनो ज्यान बचाएकी छन् । धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले झापाको बुद्धशान्ति गाउँपालिकामा १३ वर्षीया बालिकालाई बलात्कार गर्ने क्रममा बालिकाले खुकुरी प्रहार गरेकी हुन् । घटनापछि स्थानीय युवाले गुरुङलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।

गुरुङले बालिकामाथि यसअघि पनि पटक–पटक बलात्कार गर्दै आएको खुलेको छ घटनापछि खुलेको छ । बालिकाकी आमा वैदेशिक रोजगारीका क्रममा ओमनमा छन् । बाबु गाउँमै मजदुरी गर्छन् । दिउँसो कोही नभएका मौका छोपेर घरमा आएर धम्की दिंदै बलात्कार गर्ने गरेको पीडितले बालिकाले बताएपछि घटना सतहमा आएको हो ।

गुरुङले बलात्कारका विषयमा कसैलाई सुनाए बाबुलाई मारिदिने र विदेशमा रहेकी आमाको शव बाकसमा ल्याइदिने भन्दै धम्की दिने गरेको पीडित बालिकाको भनाइ छ । बाबुआमालाई मारिदेला भन्ने डरले गुरुङले आफूमाथि गरेको ज्यादतीबारे कसैलाई सुनाउन नसकेको उहाँको भनाइ छ ।

अति भएपछि भाउजूलाई भनें त्यसपछि सबैलाई थाहा भयो उहाँले भन्नुभयो । बालिकाले नातामा भाउजू पर्नेलाई घटनाको बारेमा भनेपछि स्थानीय युवाले उनलाई नियन्त्रणमा लिएका थिए । पीडकले बालिकालाई घरको कोठा, खेतबारी जहाँ भेटेपनि यौन दुर्रव्यहार गर्ने गरेको बालिकाले जानकारी दिनुभयो ।

पछिल्लो पटक घरको कोठामै लडाएर मुख थुन्दै बलात्कार गर्न सुरु गरेपछि उनले छेउमै राखेको खुकुरी प्रहार गरेको सुनाइन् । खुकुरी प्रहारबाट गुरुङको टाउकोमा गहिरो चोट लागेका थियो । उहाँले बाहिर भने लडेर घाइते भएको भन्दै आएको स्थानीय सुजन भण्डारीले बताउँनुभयो ।

सिरानीमा खुकुरी राखेको थिएँ, छप्काइदिएँ’। पटक–पटक पीडा सहेर बस्नुभन्दा मारेर जेल जानु ठीक हुने सोचेर खुकुरी हानेको बालिकाको भनाइ छ । गुरुङले बालिकाका साथीसँग पनि यौन सम्पर्क राख्नका लागि मिलाइदिन भन्ने गरेको बालिकाले खुलासा गरिन् । आरोपित गुरुङले भने बालिकालाई मुख थुनेर लडाएको तर बलात्कार नगरेको भन्दै आएको प्रहरीको भनाइ छ ।

बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्