यस वर्षको गाईजात्रामा प्रचण्ड-ओलीको ‘भाले जुधाई’



काठमाडौं । दर्शकहरूको विशेष रोजाइमा पर्ने हास्य व्यंग्य महोत्सव गाईजात्राको आयोजना यस वर्ष सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले गर्ने भएको हो । नेपालका ख्यातिप्राप्त हाँस्यकलाकारहरू प्रभाकर देव शर्मा, दमन रुपाखेती, विष्णु सापकोटा (हर्के हल्दार), पल्पसा डंगोल (चम्सुरी), राजन थापा, घनश्याम गौतम (नक्कली प्रचण्ड), सुरेश तिमिल्सिना (नक्कली केपी ओली), मञ्जु श्रेष्ठ, सन्तोष खनाल, पुष्पराज अवस्थी, सुशीला निरौला, दिलिप तामाङ, शुवी शाही, शशी थापा, विपिन घिमिरे र लक्ष्मण गाम्नागे लगायतको बेजोड प्रस्तुति रहने बताइएको छ ।

प्रहसन, प्यारोडी, नृत्य, कमेडी डान्स कविता लगायतका प्रस्तुति हुने गाईजात्रा महोत्सवमा प्रभाकर देव शर्मा, दमन रुपाखेती र नक्कली ओली/प्रचण्ड टीमको प्रहसन हुनेछ भने सुवी शाहीको नृत्य रेशम फिरिरिको कमेडी डान्स, लक्ष्मण गाम्नागेको व्यंग्य कविता र सन्तोष खनालको उद्घोषण रहनेछ ।

करीब २ घण्टाको गाइजात्रे प्रस्तुतिमा दमन रुपाखेती र दिलिप तामाङको (कट्टु व्यापार) घनश्याम गौतम (नक्कली प्रचण्ड) र सुरेश तिमल्सिना (नक्कली ओली)को भाले जुधाइ जस्ता प्रस्तुति देख्न पाइने छ ।

प्रस्तुतिका अन्य कलाकारहरू तयारीमा जुटिरहेका छन् । गाईजात्रा यहि साउन ३१ र ३२ गते हुदैछ ।

प्रतिक्रिया दिनुहोस्