नागरिक समाज संस्थाहरुलाई बहिस्कार गर्न मिल्दैनः मन्त्री ज्वाला



सरिता चलाउने, सल्यान ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले स्थानीय तहले नागरी समाज सस्थाहरुलाई बहिस्कार गर्न नमिल्ने बताउनु भएको छ । नागरीक समाजको पनि महत्वपुर्ण भुमिका हुने भएकोले कुनै पनि स्थानीय तहहरुले सस्था बहिस्कार गर्न नहुने बताउनु भएको छ ।

हरप्लेस नेपाल सल्यान र गैर सरकारी सस्था महासंघ सल्यानले खलंगामा आयोजना गरेको पारस्पारीक जवाफदेहिता परियोजना नागरीक समाज संस्थाको सस्थागत सुशासन र स्वनियमन बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले नागरीक समाज सस्थाहरुलाई कुनै पनि स्थानीय तहले अस्वीकार गर्छौ भन्ने नमिल्ने बताउनु भयो । नागरीक समाज संस्थालाई सिङगो राज्य र संबिधानले नै स्वीकार गरिसकेकाले स्थानीय तहहरुले अस्वीकार गरे गैरकानुनुनी बिपरीत हुने दाबि गर्नु भयो ।

मन्त्री ज्वालाले भन्नु भयो, ‘ नागरी समाज सस्थालाई कानुनले स्वीकार गरिसकेको कुरा हो, कार्यक्रममा विवाद हुन सक्छ, काम गर्ने तरीकामा विवाद हुन सक्छ, तर बहिस्कार गरे गैरकानुनी विपरीत हो, यसमा स्थानीय तह र संघ सस्थाहरुले समन्वय गर्न जरुरी छ ।
स्थानीय तह र गैरसरकारी संस्था बुझाईमा भिन्नता भएकाले यीनिहरुको बिचमा बहस गर्न जरुरी रहेको उहाँले बताउनु भयो । काम गर्ने दुबैको भुगोल एउटै भएकाले सरकारी र गैरसरकारी क्षेत्रले समन्वय र सहकार्य गरे बिकास निर्माणमा टेवा पुग्नुका साथै समाजमा समृद्ध पुग्ने मन्त्री ज्वालाले बताउनु भयो ।

सरकारले पनि बल मिच्याई गर्ने, गैरसरकारी संस्थाहरुले पनि बल मिच्याई गरे दोन्द्ध आउने भएकोले यस्लाई अन्तय गरी समन्वय र सहकार्य मार्फत काम गर्न मन्त्री ज्वालाले आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्