कार्यसम्पादन सम्झौता प्रकृया मात्र होइनः शिक्षामन्त्री पोखरेल



न्युज अफ नेपाल, काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले शिक्षा र बिज्ञान प्रविधि सचिव संग कार्यसम्पादन सम्झौता गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले शिक्षा सचिव खगराज बराल र बिज्ञान प्रविधि सचिव कृष्णराज बिसिसङ्ग कार्यसम्पादन सम्झौता गर्नुभएको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री पाखरेल लगायत मन्त्रिपरिषद्का सदस्यसँग कार्यसम्पादन सम्झौता गर्नुभएको थियो ।

कार्यसम्पादन सम्झौता गर्दै मन्त्री पोखरेलले कामप्रति सजग र समयसीमा भित्रै कर्तब्यपालनमा सघाउ पुग्ने बताउनुभयो । उहाँले समयसीमा भित्रै सरकारले राखेको लक्ष्य हासिल हुने र परिणाम देखिने गरी काम गर्न निर्देशन पनि दिनुभयो । मन्त्री पोखरेलले आर्थिक वर्षको अन्त्यमा मात्रै काम गर्ने परिपाटीको अन्त्य गरी बजेटअनुसार तत्काल काम गर्न निर्देशन दिनुभयो । उहाले कार्यसम्पादन सम्झौतालाई ‘प्रक्रिया’ को रुपमा मात्रैं नबुझ्न चेतावनी दिनुभयो । उहाले सम्झौता अनुसार काम गरेर देखाउनुपर्ने दायित्व थपिएको प्रष्ट्र पार्नुभयो ।

सम्झौता पछि सचिवद्धय बराल र बिसिले सरकारले लिएको लक्ष्य हासिल गर्न र मन्त्रालयको गरिमालाई उँचाइमा पु¥याउन उच्च मनोबलसहित सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले दुई सचिवसंग सम्झौता गरे लगत्तै आफ्ना मातहतका निकाय, विभाग, महाशाखा र शाखा प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने हुनुभएको छ । मन्त्री पोखरेलले कार्यसम्पादन सम्झौता गर्नुभएपछि मन्त्रालयको कामलाई व्यवस्थित रूपमा सम्पन्न गर्न सचिवदेखि अधिकृतस्तरका कर्मचारीसँग सम्झौता गर्ने योजना बनाउनुभएको हो ।

एक बर्षभित्र गर्ने कामको विषयमा समय र मिति उल्लेख गरी कार्यसम्पादन सम्झौता गरिएको छ । सम्झौतामा कसले के काम गर्ने, कति महिनाभित्र गर्ने र कस्ता कामलाई विशेष प्राथमिकतामा राख्ने भन्ने विषय उल्लेख छन् । सम्झौतापछि सबैले कार्यतालिकाअनुसार काम गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । सम्झौताअनुसार काम भए÷नभएको सम्बन्धमा मन्त्री पोखरेलले सबै निकायका प्रमुखसँग चौमासिक बैठकमा जानकारी लिनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्