कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम विष्फोट



कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी बम विष्फोट भएको छ । कालिकोटको पँचालझरना गाउँपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न गएका शाहीलाई लक्षित बम विष्फोट भएको हो ।

उक्त विष्फोट विप्लप समुहका कार्यकर्ताले गरेको हुनसक्ने खनुमान प्रहरीले गरेको छ ।

विष्फोटमा मानवीय क्षति नभएको बताउँदै घटनाको बारेमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्