ओरालो लाग्यो सुनको भाउ



काठमाडौँ । केही दिनदेखि लगातार उकालो लाग्दै गरेको सुनको भाउ घटेको छ । मंगलबार प्रति तोलाको ७१ हजार पुगेको सुनको भाउमा बुधबार सात सय रुपैँया घटेको छ ।

तेजावी सुन भने प्रतितोला ७० हजारमा विक्री भइरहेको छ । यसका साथसाथै चाँदीको भाउ पनि घटेको छ । मंगलबार प्रतितोला ८ सय ३५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार ८ सय २० मा झरेको छ।

प्रतिक्रिया दिनुहोस्