राष्ट्रिय अभिलेखालय व्यवस्थापन बारे अन्यौलता



काठमाडौं । पछिल्लो समय पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालय सार्ने बारेमा विभिन्न चर्चा परिचर्चा भैरहेको छ । राष्ट्रिय अभिलेखालय अन्यन्त्र स्थान्तरण गर्दा त्यहा रहेका महत्वपुर्ण अभिलेखहरु नासिने, मासिने सम्भावना लाई ध्यानमा राखेर विभिन्न पक्षले चासो देखाएका छन् । यसलाई कसरी संरक्षण, व्यवस्थापन गर्ने भन्नेकुरा राज्यको दायित्व पनि हो । त्यस्तै राज्यका निकायहरु लाई कहाँ कसरी व्यवस्थापन गरिराख्ने भन्ने कुरा पनि राज्यकै जिम्मेवारी र दायित्व पनि हो ।

सर्वोच्च अदालत संगै रहेको पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालय सार्ने बारेमा पटक पटक विभिन्न निर्णय भएपनि हाल सम्म कुनै कार्यान्वयन भएको छैन । शहरी विकास मन्त्रालयको प्रस्ताव अनुसार २०७१ साल बैशाख २५ गते बसेको मन्त्रीपरिषद बैठकले पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालयलाई नारायणहिटी भित्र जग्गा दिई स्थानान्तरण गर्ने व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले मिलाउने गरि निर्णय भएको थियो ।

शुशील कोइराला प्रधानमन्त्री भएको बेला यो निर्णय गर्नुको कारणमा भनिएको छ— बार एशोसिएसन समेतको व्यवस्थापन सर्वोच्च अदालतको परिसरमै र महान्याधिवक्ताको कार्यालय हालकै स्थानमा रहने गरि क्याभलरी रहेको स्थानमा प्रस्ताव गरिएका ५ मन्त्रालयमध्य कम्तिमा दुई मन्त्रालयलाई स्थान व्यवस्था गर्न मिल्ने गरि सर्वोच्च अदालतको निम्ति पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालय समेतको संलग्न नक्सामा देखाइए बमोजिम ३० रोपनी जग्गा उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने ।

मन्त्रीपपिरषदको निर्णय बमोजिम संकृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालयलाई नारायणहिटिमा स्थानान्तरण गर्न जग्गा उपलब्ध गराउने गरि प्रस्ताव लैजादा २०७१ श्रावण २२ गते बसेको मन्त्रीपरिषद बैठकले पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालयलाई अयन्त्र जग्गा खोजि गरि घर निर्माण अघि बढाउने गरि प्रस्ताव फिर्ता पठाइदिएको थियो ।
यो प्रस्ताव फिर्ता पछि अयन्त्र जग्गा खोजि गरि घर निर्माण अघि बढाउने सम्बन्धमा हाल सम्म कुनै व्यवस्था नभएकोले यो विषयमा सर्वोच्च अदालत र अभिलेखालय दुवै निकाय अन्यौलको अवस्थामा रहेका छन् ।

पछिल्लो समय पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालय सार्ने बारेमा विभिन्न चर्चा परिचर्चा भैरहेको छ । मुल रुपमा राष्ट्रिय अभिलेखालयमा रहेका पुरातात्तीक अभिलेखको संरक्षण र व्यवस्थापन महत्वपुर्ण विषय रहेको छ । राष्ट्रिय अभिलेखालय अन्यन्त्र स्थान्तरण गर्दा त्यहा रहेका महत्वपुर्ण अभिलेखहरु नासिने, मासिने सम्भावना लाई ध्यानमा राखेर विभिन्न पक्षले चासो देखाएका छन् । यसलाई कसरी संरक्षण, व्यवस्थापन गर्ने भन्नेकुरा राज्यको दायित्व पनि हो ।

त्यस्तै राज्यका निकायहरु लाई कहाँ कसरी व्यवस्थापन गरिराख्ने भन्ने कुरा पनि राज्यकै जिम्मेवारी र दायित्व पनि हो ।

प्रतिक्रिया दिनुहोस्