प्रहरीको भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।
काठमाडौंको कोटेश्वरस्थित आकाशे पुलनजिकै प्रहरीको भ्यानले ठक्कर दिँदा घाइते भएका पैदलयात्रीको निधन भएको छ ।

ट्राफिक प्रहरी महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले ठक्कर दिँदा पहिचान नखुलेका एक जना पुरुषको बुधबार बिहान निधन भएको हो ।

महाशाखाबाट मंगलबार राति ड्युटीमा रहेको गाडीले उनलाई कोटेश्वर चोक नजिक ठक्कर दिएको थियो ।

टाउकोमा गहिरो चोट लागेर गम्भीर घाइते भएका उनलाई वीर अस्पताल लगिएको थियो । त्यसलगत्तै चिकित्सकले बुधबार बिहान ८ बजे उनलाई मृत घोषणा थिए ।

राति चेकिङका लागि निस्केको प्रहरीको गाडी र चालक विनोद गिरीलाई महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्