वडा कार्यालयमा चोरी गर्दै आएका थापा पक्राउ



पोखरा । पोखराको वडा कार्यालयमा चोरी गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका –११ स्थायी ठेगाना भएका पोखरा महानगरपालिका–१० मा कोठा भाडामा बस्दै आएका ५१ वर्षीय किशोर थापा रहेको प्रहरीले जनाएको छ ।

थापाले चोरी गरेका सामान किनबेच गर्ने रुपचन्द्र गोपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । गोपालीले काठमाण्डौको कलंकीमा कम्प्युटर मर्मत पसल चलाउँदै आएका छन् । पक्राउ परेका थापा यसअघि पनि धेरै पटक चोरी मुद्दामा जेल गईसकेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनामाथि विषेश अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्