प्रहरीलाई किन्ने दाउः हामी सबै मिलेर पैसा कमाउँ



न्युज अफ नेपाल, काठमाडौं ।

प्रहरीलाई पैसाको लोभ देखाएर आफ्नो काम सहज बनाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विरगंज महानगरपालिका वडा नम्बर २२ घर बताउने ३५ वर्षीया उपेन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनले भारतबाट कुखुरा ल्याई नेपालका विभिन्न ठाउँमा ओसार–पसार गर्ने काम गर्छु भन्दै प्रहरीलाई मासिक रुपमा पैसा दिने सौदा गरेको बारा प्रहरीले जनाएको छ ।

उनले प्रहरीलाई पाईन्टबाट पैसा निकाल्दै मिलेर पैसा कमाउने प्रलोभन देखाएको प्रहरीको भनाई छ ।

अभियुक्तले प्रहरीलाई अपशब्द पनि प्रयोग गरी अभद्र व्यवहार गरेको बताइएको छ ।

उनको साथबाट नगद १० हजार रुपैँया बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्