अमेरिकाले ख्वाउने भो लोप्पा



अमेरिका पुगेर उतै लुकीछिपी बस्न मरिहत्ते गर्नेलाई अमेरिकाले अब पापा (ग्रिन कार्ड) होइन लोप्पा ख्वाउने भएको छ। अमेरिका बसाइ लम्ब्याउन खोज्न चाहने चाहे ती बाउको साइनोको हुन्, आमाको, मामाको वा गोरु बेचेको साइनो सम्बन्ध नभएका जो–कोही किन नहुन् अमेरिकाले कठोर नीति ल्याउने भएको छ।

गैरकानुनीरूपमा सो मुलुक पुगेर खाद्यान्न, सार्वजनिक आवासलगायत अन्य विविध सरकारी सहुलियत लिने बानी परेकाहरूको सुविधा खोसिने भएसी अमेरिका अब अमेरिका नरहने भो। अब तीन महिनापछि यस्तो नियम लागू हुने भएसी आप्रवासीले सोझै लोप्पा खाने निधो छ।

दलाललाई लाखौं घूस ख्वाएर, अनेकौं मुलुक फन्को लगाउँदै बल्लतल्ल तीन÷चार महिनामा अमेरिका पुग्नेलाई त सोझै अमेरिकाले बज्र प्रहार हुने भा’छ। त्यस्तो भएसी अमेरिकामा रहेको ठिटो वा ठिटीसँग घरजम गर्न र उतै पुगेकालाई ज्वाइँ÷बुहारी बनाउन मरिहत्ते गर्नेहरूलाई पनि राष्ट्रपति ट्रम्प भिलेन हुने कन्र्फम छ। यसअघि ग्रिनकार्ड लिइसकेकाको भने राम्रै भाऊ बढ्ने भो, किनभने ट्रम्प नीतिले ग्रिनकार्डधारीलाई धक्का नदिने कुरो छ।

प्रतिक्रिया दिनुहोस्