बालयौन उत्पीडक धनाध्यद्वारा आत्महत्या



वासिंगटन, (एजेन्सी)
अमेरिकाका चर्चित लगानीकर्ता जेफ्री एपस्टिन (६६)ले जेलमा आत्महत्या गरेका छन्। उनीमाथि यौनका लागि नाबालिकको तस्करी गरेको आरोप थियो।

अदालतको दस्तावेजअनुसार एपस्टिनको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व राष्ट्रपति बिल क्लिन्टन र बेलायतका राजकुमार एन्ड्रयुलगायत कयौं ठुला राजनेताहरुसँग नजिकको सम्बन्ध रहेको थियो। यद्यपि आरोपमा कुनै पनि नेताको नाम जोडिएर आएको छैन। एपस्टिन आफैंले पनि ती आरोपहरु अस्वीकार गरेका थिए।

एपस्टिनले झुन्डेर आत्महत्या गरेको प्रहरी अधिकारीहरुले बताएको अमेरिकी सञ्चार माध्यमले जनाएको छ। गत सनिबार बिहान करिब साढेसात बजे उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो। इपस्टिनले जुलाइमा पनि अदालतले जमानत याचिका रद्द गरेपछि आत्महत्याको प्रयास गरेका थिए।

न्युयोर्क र फ्लोरिडास्थित आफ्नो घरमा १४ वर्षका कयौं केटीहरुलाई बस्न लोभ दिने गरेको एपस्टिनमाथि आरोप थियो। त्यसपछि ती नाबालिकलाई पैसा दिएर शारीरिक शोषण गथ्र्यो। सेक्स ट्राफिकिंगका मामिलालाई लिएर एपस्टिनले अमेरिकी मेजिस्ट्रेट हेनरी पिटम्यानसमक्ष आफ्नो बयान पनि दिएका थिए।

म्यान≈याटनको संघीय अदालतमा एपस्टिनमाथि सन् २००२ देखि २००५ सम्म आफ्नो घरमा ‘नग्न समाज’ र शारीरिक सम्बन्धका लागि नाबालिक किशोरी राखेको आरोप लगाइएको थियो। उक्त व्यवहार अन्तरात्मालाई सिरिंग पार्ने खालको भएको अमेरिकी न्यायाधिवक्ताले बताए। उनीमाथि लगाइएको आरोप धेरै पुरानो भएको तर यो ती पीडितका लागि अन्त्यन्तै अर्थपूर्ण हुनेछ, जो अहिले जवान भइसकेका छन्’ –उनले बताए।

प्रतिक्रिया दिनुहोस्