भारतद्वारा काश्मिरमा विशाल प्रदर्शन भएको स्वीकार



नयाँदिल्ली, (एजेन्सी)
भारत सरकारले श्रीनगरको सौरा इलाकामा गत शुक्रबार नमाजपछि ढुंगामुढाको घटना स्वीकार गरेको छ।

गृह मन्त्रालयका प्रवक्ताले जारी गरेको ट्विटमा भनिएको छ– ‘सञ्चार माध्यममा श्रीनगरको सौरा इलाकामा घटनाको समाचार आएको छ। अगस्ट ९ मा केहीले स्थानीय मस्जिदमा नमाजपछि फर्किरहेका थिए। उनीहरुबीच केही उग्रवादी पनि समावेश भएका थिए।

अशान्ति फैलाउन उनीहरुले बिना कुनै तनाव सुरक्षाकर्मीहरुमाथि ढुंगा प्रहार गरेका थिए। तर सुरक्षाकर्मीहरुले संयम् देखाउँदै र कानुन व्यवस्था बनाइराख्ने प्रयास गरे। अनुच्छेद ३७० समाप्त पारेपछि अहिलेसम्म जम्मु काश्मिरमा एक पनि गोली नचेलेको हामी दोहोर्याउँछौं।

यसअघि शुक्रबार बीबीसीले जारी गरेको भिडियोमा श्रीनगरको सौरा इलाकामा विशाल विरोध पदर्शन भएको थियो। प्रदर्शनकारीलाई तितरवितर पार्न सुरक्षा बलले अश्रुग्यास र प्यालेट गनको पनि प्रयोग गरेको थियो।

त्यतिबेला पनि भारत सरकारले त्यस्तो कुनै ठुलो परिवर्तन नभएको दाबी गरेको थियो। तर बीबीसीको उक्त भिडियोमा प्रदर्शन र मुठभेडका क्रममा ठुलो संख्यामा मान्छेहरु सडकमा ओर्लेका थिए।
श्रीनगरको सौरामा प्रदर्शनकारी र सुरक्षा फौजबीचको झडपमा कतिजना घाइते भए, यस सम्बन्धमा कुनै सटिक जानकारी अहिलेसम्म प्राप्त भएको छैन।

भारत सरकारले शुरूमा छिटपुट विरोध प्रदर्शन भएको जसमा अत्यन्त कममा सहभागी रहेको दावी गरेको थियो।

गृह मन्त्रालयका प्रवक्तले एक ट्विटमा भनेका थिए– ‘शुरूमा रोयटर्स र फेरि डनमा एक समाचार प्रकाशित भएको हो। जसमा श्रीनगरमा एक विरोध प्रदर्शन भएको र १० हजार सहभागी रहेको बताइएको थियो। यो पूर्ण रूपमा मनगढन्ते र गलत समाचार हो। श्रीनगर/बारामुलामा केही सानातिना विरोध प्रदर्शन भएको हो तर त्यसमा २० भन्दा धेरैको सहभागिता थिएन।

बीबीसी संवाददाताले श्रीनगरको सौरामा शुक्रबार ठूलो प्रदर्शन भएको र हजारौं जना सडकमा उत्रेका थिए। विरोध प्रदर्शनका एक प्रत्यक्षदर्शीले प्रदर्शन शान्तिपूर्ण रहेको तर सुरक्षाबल प्रदर्शनकारी आमनेसामने भएपछि उनीहरुबीच झडप भएको बताए थिए।

ती प्रत्यक्षदर्शीले सुरक्षाबलले प्रदर्शनकारीमाथि अश्रु ग्यास र प्यालेट गन प्रयोग गरेको बताए।

प्रतिक्रिया दिनुहोस्