सर्भर डाउन हुँदा मालपोत कार्यालय ठप्प



भक्तपुर ।
जिल्ला मालपोत कार्यालय भक्तपुरको सर्भर डाउन हुँदा दुई दिनदेखि काम ठप्प भएको छ । मालपोतमा सर्भरबाहेक अन्य कर्मचारीसमेत नहुँदा सेवाग्राहीले निकै सास्ती खेप्नु परेको समाचार सङ्कलन गर्न गएका सञ्चारकर्मीसमेतलाई कर्मचारीले दुव्र्यवहार गरेका छन् ।

रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापासहित पत्रकारहरु रामगोपाल तमखु, सुन्दर शिल्पकार र मोहन बल्लमाथि दुव्र्यवहार गरिएको छ । कार्यालयका सूचना अधिकारी महेश अधिकारीसँग स्वीकृति लिएर कम्प्युटर फाँटमा दृश्य खिचिरहेको अवस्थामा मालपोतको कम्प्युुटर अधिकृत शिवराज पोखरेलले दुव्र्यवहार गरेको पत्रकार तमखुले बताउनुभयो ।

कम्प्युुटर फाँटमा रहेका ६ कर्मचारीमध्ये दुई कर्मचारीको सरुवा भएको, एक कर्मचारीले राजीनामा दिएको र बाँकी तीन कर्मचारीले सोमबारदेखि नै सर्भर डाउन भएर काम गर्न नसक्दा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्