भारतमा बाढीका कारण ८८ जनाको मृत्यु, ४० बेपत्ता



केरला । भारतको केरला राज्यका १४ जिल्लामा बाढीका कारण मंगलबारसम्ममा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । स्थानीय सरकारी अधिकारीहरुले बाढीमा परेर अहिलेसम्म ४० जना हराइरहेका पनि जानकारी दिएका छन् । यो विवरण मङ्गलबार विहान ९ बजेसम्मको हो ।

यस प्राकृतिक प्रकोपमा परेर ३४ जना घाइते भएको प्रहरीले जनाएको छ । केरला राज्यका जिल्लाहरुमा गत केही दिन ठूलो बर्षा भएको थियो । बर्षासँगै आएको बाढीले ठूलो जनधनको क्षति भएको छ ।

राज्यका १४ जिल्लामध्ये सबैभन्दा धेरै मानवीय क्षति मालापुरम जिल्लामा भएको छ । पछिल्लो विवरण अनुसार मालापुरम जिल्लामा मात्रै मृत्यु हुनेको संख्या २९ पुगेको छ । बाढीका कारण विस्थापित भएकाहरुलाई केरला राज्यभरी रहेका १३ सय ३२ शिविरमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्