न्यूरोडमा भीषण आगलागी(भिडियाेसहित)



पोखरा । पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ । न्यूरोडकाे कार्पेट पसलमा आगलागी भएको समाचारपत्रकर्मीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पसलबाट लागेकाे आगोले अन्यत्र पनि भेटाएको छ । मंगलवार दिउँसो ४ बजेबाट शुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

भाटभटेनी सुपर मार्केट अगाडि रहेको नर्व दुर्गा फनिचरमाबाट शुरु भएको आगोले अरु पसलमा पनि क्षति पुगेको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भएको छ । आगो निभाउनका लागि अहिले ४ वटा दमकल लागिपरेको छ ।

यसबारे अन्य थप विवरण आउन वाँकी छ ।

आगलागीको भिडियो हेर्नुहोस्ः

 

प्रतिक्रिया दिनुहोस्