उप प्राध्यापकको परीक्षा स्थगित



काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा उप प्राध्यापक पदको परीक्षा स्थगित भएको छ । सेवा आयोगले सञ्चालन गर्न लागेको परीक्षा यसअघि पनि स्थगित भएको थियो ।

विभिन्न विषयका ६ सय ७२ उपप्राध्यापक नियुक्तिका लागि हुन लागेको उक्त परीक्षामा तयारी नपुगेका कारण स्थिगित गरिएको आयोगले बताएके छ । लामो समयदेखि पदाधिकारी रिक्त त्रिविमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता मात्र अध्यक्ष र सदस्य नियुक्त गरेका थिए।

स्थिगित परीक्षाको मिति फेरि तोकिने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्